नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले चाहेमा शिक्षा विधेयक सच्याउन सकिने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा महामन्त्री थापाले संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेस भएकोले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन् । उनले भने,‘तपाइहरूले केही महत्वपूर्ण कुरा उठाउँनुभको छ जुन शिक्षासँग सम्बन्धित छ । हामी संसदको सबै भन्दा ठूलो पार्टी हामीले सच्याउँदै गर्दा विधेयक सच्चिन्छ यसलाई हामीले सच्याउनुपर्छ । कानूनसँग जोडिएका कुराहरु छन् ।’
महामन्त्री थापाले कांग्रेसभित्र नै प्रतिनिधित्वको विषयमा केही कुराहरूमा सुधार गर्नुपर्ने बताए । देशभरि एकता र सद्भाव कायम गर्नु नै कांग्रेसको धर्म भएको उनको भनाई छ ।





























प्रतिक्रिया