काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अत्यन्तै हलुका र तथ्यहीन अभिव्यक्ति दिने नेतालाई मनोपरामर्शदाता वा मानशिक रोग विज्ञकोमा लानुपर्ने बताएका छन् । सोमबार मिश्रले ट्वीट गर्दै त्यस्तो बताएका हुन् । यस्ता सस्ता र असन्तुलित अभिव्यक्तिले विदेश सम्बन्ध र राष्ट्रिय छविमा समेत आँच पुग्ने उनको भनाइ छ ।
उनले ट्वीटरमा लेखेका छन्–‘हर हप्ता अत्यन्तै हलुका, सस्ता, तथ्यहीन, असन्तुलित, विदेश सम्वन्ध र राष्ट्रिय छविमा आँच पुग्ने टिप्पणी गर्ने नेतालाई सही मनोपरामर्शदाता, मानसिक रोग विज्ञ र विशेषज्ञ सल्लाहकारहरूको खाँचो छ भन्ने वास्तविकता कसले बुझाइदिन सक्ला ? कहिले काहिँ रोग पत्ता नलाग्दा उपचार असंभव हुन्छ ।’
प्रधानमन्त्री ओलीले ६९ औँ मदन भण्डारी जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोेल्दै आफूलाई भारतीय पक्षले हटाउने चलखेल गरेको बताएका थिए ।






























प्रतिक्रिया