नेपाल र चीनबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ। बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

कृषि, पूर्वाधार, विद्युतलगायतका १२ वटा परियोजनामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने सचिवालयले जनाएको छ।

दाहाल र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता अघि चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। यस्तै आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो।

भेटमा चिनियाँ प्रधानमन्त्री लि छियाङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्। प्रधानमन्त्री छियाङले नेपालका प्रधानमन्त्री दाहाल भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोगी बनेको बताए।

Skip This
Skip This
Logo