कार्यसमितिको बैठक रावणको नाविमा भएको अमृत जस्तै हो, लाइभ दिनु राम्रो भएनः नेता भण्डारी

कार्यसमितिको बैठक रावणको नाविमा भएको अमृत जस्तै हो, लाइभ दिनु राम्रो भएनः नेता भण्डारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् । 

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा नेता भण्डारीले भने, ‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो लागेन । यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा  हाेइन । यो बैठक त रावणको नाविमा भएको अमृत जस्तै हो ।’

उनले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताए । 

नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरु यस्तै घटनाले देशलाई राम्रो नगर्ने तर्क गरे । हरेक कुराको नेतृत्व कांग्रेसको वरीपरी घुमेको उल्लेख गर्दै देशका समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने उनको भनाइ छ ।

Skip This
Skip This
Logo