हामी पार्टी कब्जाको दौडमा छौं, जनताले विकल्प खोज्न थालिसकेः नेता केसी

हामी पार्टी कब्जाको दौडमा छौं, जनताले विकल्प खोज्न थालिसकेः नेता केसी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहेको तर जनता अर्कैले कब्जा गरिसकेको टिप्पणी गरेका छन् ।

सोमबार केन्द्रीय समितिको बैठकमा नेता केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीबाट आक्रोश मात्रै होइन विकल्पसमेत खोज्न थालिसकेको बताएका हुन् । 

उनले भने, ‘हामी पार्टी कब्जाको दौडमा छौं । आ–आफ्नो ढङ्गले सभापतिजीले पनि गरिराख्नुभएको होला हामी पनि गरिराखेका छौं । तर, पार्टी हामी कब्जा गर्न खोजिरहेका छौं । जनता अर्कैले कब्जा गरिसकेका छन् । अहिलेको निराशा र असन्तुष्टिबाट अब जनता हामीबाट आक्रोशित मात्रै होइन विकल्प खोज्न थाल्या छन् भन्ने कुरा आत्मसाथ गरौं यो पक्ष विपक्षको कुरा होइन ।’

उनले सिंहदरबारमा आगो लगाउँछु भन्दा समेत लाखाैंको समर्थन मिलिरहेको भन्दै समाज मनोविज्ञान अराजकतातर्फ धकेलिएको तर्क गरे ।

Skip This
Skip This
Logo