मिसन ०८४ पूरा गर्न आन्तरिक समस्या समाधान आवश्यक छः उपाध्यक्ष पोखरेल

मिसन ०८४ पूरा गर्न आन्तरिक समस्या समाधान आवश्यक छः उपाध्यक्ष पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन २०८४ लाई पूरा गर्न आन्तरिक समस्याहरु समाधान गर्न आवश्यक भएको बताएका छन् । 

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकलाई नेतृत्व दिन र जनताको सपना साकार पार्न मिसन २०८४ लक्ष्य लिएको भन्दै त्यसलाई साकार पार्नको लागि संगठनात्मक क्षेत्रमा देखिएका बेतिथिहरुलाई मिलाउन आवश्यक भएको बताए । 

उपाध्यक्ष पोखरेलले भने, ‘मिशन २०८४ को मुख्य उद्देश्य नेकपा एमाले एक्लैले बहुमतका साथ मुलुकलाई सही दिशा दिन चाहन्छ । नेतृत्व दिन चाहन्छ, यसलाई साकार पार्नको लागि हामीले आफूभित्रका कतिपय आन्तरिक समस्याहरुलाई मिलाउनु पर्छ । समस्याहरु समाधान गर्न सकिएन भने, व्यवस्थित बनाउन सकिएन भने हामी ठिक तरिकाले अगाडि बढ्न सकेनौ भने हाम्रो संगठनात्मक क्षेत्रमा देखिएका बेतिथिहरुलाई मिलाउन सकिएन भने उद्देश्यमा सफलता हासिल गर्न सक्दैनौं ।’

उनले नेकपा एमाले अगाडि बढेको खण्डमा मात्रै मुलुकका चुनौती सामना गर्दै देशलाई अगाडि बढाउन सक्ने भन्दै त्यसका लागि विचारमा बलियो, नेतृत्व सुदृढ हुनुपर्ने बताए ।

Logo