मेयर बालेन र अभियन्ता ईःबीच स्टाटसमार्फत एकअर्कालाई घोचपेच

मेयर बालेन र अभियन्ता ईःबीच स्टाटसमार्फत एकअर्कालाई घोचपेच

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महागरपालिका प्रमुख बालेन शाहलाई फुटपाथ व्यवसायीको माग सम्झाइरहेका अभियन्ता ईः र बालेनबीच सामाजिक सञ्जालमा वादविवाद चलेको छ । 

गत असोज १ गते देखि राष्ट्रिय सभागृहको मूलगेट अगाडिको सडकमा निरन्तर उभिएर आन्दोलित सामाजिक अभियन्ता ईले स्टाटस लेख्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेनले नगर प्रहरी लगाएर थर्काएको आरोप लगाएका छन् । उनले स्टाटसमा लेखेका छन्- ‘मेयर यहाँ आउनुभएको छैन। सँगै जवाफदेहिता माग गरिरहेका साथीहरू साक्षी छन्। करीब ३० मिनेट अगाडि अकस्मात एक नगरप्रहरीले पार्किङ लटमा बोलाए। कानून विज्ञ, शहरी विशेषज्ञ, सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – त्यसोभए मेयरले भेट्दैन!’

त्यसअघि महानगर प्रमुख बालेन शाहले स्टाटस लेख्दै भनेका थिए- ‘विगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिइरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ। यहाहरुको कुरा र समस्या सुनौँभन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन ।’ 

उनले थप भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ। सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौँ। के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने ?’

Logo