मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छः मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएको भन्ने खबरले दुःखी बनाएको बताएका छन्। मंगलबार समाजिक सञ्जालमार्फत् उनले गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको जनाएका हुन्। 

उनले लेखेका छन्,‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखी बनायो। गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’

आज बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका थिए।नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरूका कारण भिआइपीका लागि सिट जरूरी परेकाले पाँचजना चिकित्सकलाई लैजान नसकिने भनिएपछि सबै चिकित्सक आउन नमानेका हुन्। चिकित्सकहरूलाई त्यहीँ छाडेर विमान मुगुबाट उडेको थियो। 

Logo