राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे काठमाडौँको चमतीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेकाे हाे।
बैठकमा राष्ट्रपतिबाट विभिन्न कैदीलाई दिइएको आममाफीबारे छलफल गरिने जनाइएकाे छ। यसैगरी जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरूको ब्रिफिङबारे पनि छलफल हुनेछ। रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो।





























प्रतिक्रिया