दसैँमा किन कृतिम अभाव हुन्छ ? निगरानी गरौंः गोकुल बास्कोटा

दसैँमा किन कृतिम अभाव हुन्छ ? निगरानी गरौंः गोकुल बास्कोटा

केन्द्रबिन्दु
0
Shares

सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले दसैँका बेलामा धेरै वस्तुहरुको कृतिम अभाव हुने भएकाले निगरानी गर्नुपर्ने बताएका छन् । बुधबार सार्वजनकि लेखा समितिको बैठकमा सदस्य बास्कोटाले पर्वका बेला हुने अभाव वास्तविक हो कि होइन भन्नेमा ध्यान दिनुपर्ने बताएका हुन् ।

‘पर्वमा हामीलाई चाहिने चिनी करिब २ लाख ४० हजार मेट्रिक टन हो । तर समस्या केमा छ भने हाम्रो देशको चिनी उत्पादक पनि उही, आयातकर्ता पनि उही र सहुलियत लिने पनि उही हुन्छ । यो कुरा सिन्डीकेट छ । त्यो सिन्डिकेट कसरी तोड्न सकिन्छ । राज्यले के पहल गर्छ । यो आजसम्म नसल्टेको विषय हो’ उनले भने ।

Logo