ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि योगदान पुर्याउने व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित “भैरब अल्फा साइन्स“नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले देशका लागि योगदान पुर्याउने व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताएका हुन्।
ललितपुर महानगरपालिकाले राष्ट्रलाई योगदान दिने व्यक्तिलाई सम्मानको नीति लिएको उनको भनाई छ। उनले भने,‘ललितपुर महानगरपालिकाले यो मूलुकको निमित्त यो सहरको निमित्त विभिन्न क्षेत्रबाट गर्नु भएको त्याग बलिदान तपस्यालाई हामीले जिवित अवस्थामा नै सम्मान गर्नुपर्छ। उहाँहरु बाँचेकै अवस्थामा सम्मान गर्यौँ भने पक्कै पनि उहाँहरुको आयू बढ्छ भन्ने ललितपुर महानगरपालिकाले नीति लिएको छ।’ उनले भैरव थापाको “भैरव अल्फा साइन्स पुस्तकको विमोचन गर्न पाउँदा गौरव अनुभव भएको बताए।





























प्रतिक्रिया