एमालेको कर्णाली नेतृत्व छान्न आज मतदान

एमालेको कर्णाली नेतृत्व छान्न आज मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ।

बिहान ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ। अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ।

एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा छन्।

Logo