जसपाका महिला सांसद सम्मानित

जसपाका महिला सांसद सम्मानित

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ। 

पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेका हुन्। 

पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारी अनुसार यसरी सम्मानित हुनेमा  सांसद सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जुकुमारी ठाकुर, र मञ्जु शर्मा अन्सारी छन्। 

यसैगरी राष्ट्रियसभाका सांसद प्रमिला यादव तथा प्रदेशसभाका सदस्य निर्मला तावा, सुरिताकुमारी साह, किरणकुमारी साह, शोभा देवी, ललिता दास, साहिदा खातुन, ममतादेवी मण्डल, अम्बिका काफ्लेसहित १३ सांसदलाई रहेका छन्।

Logo