सडक दुर्घटनाको क्षति कम गर्न सबैले भूमिका निर्वाह गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ

सडक दुर्घटनाको क्षति कम गर्न सबैले भूमिका निर्वाह गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्न सबैले आफ्नो आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक भएको बताएका छन्। 

आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० को उदघा्टन समारोहमा उनले सडक व्यवस्थापन राम्रो नहुँदा सर्वसाधारणलाई सास्ती भएको बताएका हुन्। 

‘सडक सुरक्षा सडकको गुणस्तर, क्षमता, सवारी साधनहरुको गुणस्तरीयता, चालकलगायत जनसमुदायको चेतना र आचरणमा निर्भर हुने गर्दछ। त्यसैले सबैले यसबारे सोचेर सडक दुर्घटनाबाट हुने क्षति कम गर्नुपर्ने आवश्यकता छ।’

सुरक्षाका लागि बनाएका नीति नियमहरु पालना गर्नुपर्छ भन्दा ट्राफिक प्रहरीहरुलाई गाली गर्ने प्रवृत्ति र मानसिकता रहेको उनको भनाई छ। उनले चेतना स्तरलाई विकास गर्नुपर्ने र प्रहरी व्यवस्थापन र प्रभावकारी कामका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्ने बताए। 

Logo