विद्यालय शिक्षा विधेयक २०८० सदनमा पेश

विद्यालय शिक्षा विधेयक २०८० सदनमा पेश

केन्द्रबिन्दु
0
Shares

विद्यालय शिक्षा विधेयक २०८० संसदमा प्रस्तुत भएको छ । शिक्षामन्त्री अशोककुमार राईले आजको संसद बैठकमा विधेयक पेस गरेका हुन् । 

त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुख देवराज घिमिरेले सो विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए । 

बैठकमा सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै सुवालले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री राईले शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । ‘शिक्षकहरुलाई राजनीतिबाट टाडा राख्नु पर्छ । मानिसको व्यक्तिगत आस्था आ आफ्नो ठाउँमा छ । तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावित पार्न हुँदैन् । कसैको सदस्यता लिएर कसैको विरुद्धमा कसैको लागि भोट माग्ने काम गर्न हुँदैन ।’

उनले यो विद्ययेकमा धेरै कुरा समेटिएको र सरकारले यो विधेयकमा ध्यान दिएको पनि बताए । 

Logo