एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्।

प्रतिस्पर्धी विनोद ढकाललाई ७३ मतले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। खतिवडा र ढकालबीचको मतान्तर ८२ छ। विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे। ढकालले ४३० मत प्राप्त गरे।

प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्। उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए।यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन्। ५२४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे।

यस्तैगरी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन्। एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो।

Skip This
Logo