राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिबारे दलहरुको साझा धारणा आवश्यक छः सभापति रावल

राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिबारे दलहरुको साझा धारणा आवश्यक छः सभापति रावल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिबारे दलहरुबीच साझा धारणा बन्नु पर्ने बताएकी छन् ।बुधबार बसेको बैठकमा उनले सरकारले गरेको काम निष्कर्षमा पुर्याउन नसकेको अवस्था विद्यमान रहेको बताइन् । 

सभापति रावलले भनिन्, ‘राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिका बारेमा दलहरुबीच साझा धारणा बन्नु पर्छ । नेपाल–भारत सीमा समस्याको रुपमा छ । सरकारले धेरै समय अघि बनाएको इपीजी रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन । सरकारले काम गरेको तर निष्कर्षमा पुर्याउन नसकेको अवस्था छ । यसको अन्त्य गर्नुपर्छ ।’

उनले धेरै विषयमा राष्ट्रिय सहमति बन्नु पर्ने बताइन् । उनले इपीजीको विषयमा छुट्टै बैठक बसेर छलफल गर्ने कार्ययोजना समेत भएको जानकारी दिइन् । मुख्य राजनीतिक दलहरु तथा परराष्ट्र मन्त्रालयसँग बसेर छलफल गर्ने र आवश्यक निर्देशन दिने कामहरु गर्ने उनको भनाई छ ।

Skip This
Skip This
Logo