सांसद पन्तकाे प्रश्नः बिआरआई कार्यान्वयन गर्छौं भनेर चीन गएका प्रधानमन्त्रीको किन हात काम्यो ?

सांसद पन्तकाे प्रश्नः बिआरआई कार्यान्वयन गर्छौं भनेर चीन गएका प्रधानमन्त्रीको किन हात काम्यो ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले देशको ईज्जत राष्ट्रपति, प्रधानमन्त्री मन्त्री, सांसद र देशका प्रशासकहरुको भूमिकाले पनि निर्धारण गर्ने स्मरण गराएका छन् ।  

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विषेश समयमा उनले राष्ट्रको प्रतिनिधित्व गर्नेहरुले मर्यादा राख्न नसकेको तर्क गरे । ‘आज यस्तो समाचार छापिएको छ नेपालका प्रधानमन्त्री र एमसीसीका एक्ज्युकेटिभ डाइरेक्टरले संगै उभिएर एमसीसी कार्यन्वयन सुरु भएको हर्षोल्लासमा आयोजना गरेको कार्यक्रमको उद्धघाटन । प्रधानमन्त्रीसंग सुहाउने मान्छे भए त ठिकै छ तर एमसीसी एक्ज्युकेटिभ डाइरेक्टर र प्रधानमन्त्री सुहाउँछ ? ’

त्यस्तै उनले क्रृणको पासोका परिएका की भनेर त्रास फैलाएर बीआरआई कार्यान्वयन गर्न रोकिएको बताए । ‘विआरआई कार्यन्वयन गर्छौ भनेर गएका प्रधानमन्त्रीको चीनमा किन हात काम्यो थाहा छैन । र नेपालले एउटा मौका गुमायो । अब त्यो अवसर आउँदैन् । यस्तो खालको कमजोर नेतृत्व देशमा भएपछि कसर िदेश अगाडी बढ सक्छ ।’

हामीले छिमेकमा रहेको आर्थिक शक्तिबाट फाईदा लिन चुक्न नहुने उनको भनाई छ। 

Skip This
Skip This
Logo