ज्ञानेन्द्र शाहीकाे प्रश्नः शिक्षकदेखि चिकित्सकसम्म आन्दोलित छन् अनि यो व्यवस्था कसका लागि ?

ज्ञानेन्द्र शाहीकाे प्रश्नः शिक्षकदेखि चिकित्सकसम्म आन्दोलित छन् अनि यो व्यवस्था कसका लागि ?

केन्द्रबिन्दु
0
Shares

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले यो व्यवस्था कसका लागि ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आन्दोलन रहर नभई बाध्यता भएको भन्दै उनले  त्यसका लागि सरकारले नै जिम्मेवार हुनुपर्ने बताएका हुन् । ‘आन्दोलन भनेको रहर हैन बाध्यता हो । यो देशमा शिक्षक आन्दोलनमा छन, कर्मचारी आन्दोलनमा छन्, चिकित्सक आन्दोलनमा छन्, धर्मको नाममा विभिन्न जातिय हिंसा र धार्मिक हिंसा भईरहेका छन् । निर्माण व्यवसायी, व्यापारी आन्दोलनमा छन, किसान आन्दोलनमा छन् ।  विद्यार्थिहरु सडकमा छन् । आज पनि चिकित्सक सुरक्षित छैनन् । अनि यो व्यवस्था कसका लागि ?’ उनले भने । 

'यो व्यवस्थामा युवा खुसी भएको भए ८२ लाख युवा अर्काको देशका जानु पर्दैनथ्यो' उनले थपे । 

यो व्यवस्था नेताका लागि मात्रै भएको तर्क गरेका उनले यो व्यवस्था न किसानको लागि, न विद्यार्थिका लागि, न शिक्षाको लागि, न जनताको लागि ८८४ जना सांसद २३ हजार जनप्रतिनीधिका लागि मात्र उत्तम रहेको बताए । 

Logo