१० मन्त्रीको ‘रिपोर्ट कार्ड’, कुन मन्त्रीको कस्तो ? (भिडियोसहित)

१० मन्त्रीको ‘रिपोर्ट कार्ड’, कुन मन्त्रीको कस्तो ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिना अघि दल फुटाउने गरी अध्यादेश ल्याएपछि आफूमाथि आइपरेको सत्ता संकट टार्न समग्र कामको समीक्षा गर्ने र उस्तै परे मन्त्रीहरु पनि फेरबदल गर्ने अनौपचारिक प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीले आफू सच्चिएर अघि बढ्न तयार रहेको बताएपछि त्यसबारे ओलीको विकल्पमा जानुपर्छ भन्ने ढंगले अघि बढेका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल केही मत्थर भएका थिए ।

दाहाल र नेपाल लगायतका नेताहरु ‘पर्ख र हेर’को रणनीतिमा थिए । त्यसबेलाको विवाद साम्य गर्नलाई ओलीले कमजोरी सच्चाउन तयार रहेको बताए पनि त्यसपछि उनले आफ्नो गतिविधिमा कुनै सुधार नगरेको बुझाई दाहाल र नेपाल समूहको छ ।

उस्तै परे सरकार नै बदल्नु पर्ने नभए मन्त्रिपरिषद् फेरबदल गरेर नयाँ सन्दर्भमा सरकारलाई फरक ढंगले अघि बढाउनु पर्ने असन्तुष्ट समुहको निष्कर्ष छ । स्थायी कमिटी बैठकमा सरकारको ‘पर्फरमेन्स’ माथि नै पार्टीभित्रका नेताहरुले प्रश्न उठाउने तयारी गरिरहँदा हाल सरकारमा रहेका प्रधानमन्त्रीसहितका मन्त्रीहरु कस्ता छन्, उनीहरुको पब्लिक रिपोर्ट र छवि कस्तो छ त ? आजको हाम्रो रिपोर्ट यसै विषयमा केन्द्रित छ , हेरौं यो भिडियोमा :

 

Logo