रुसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएको कांग्रेस सांसदको दाबी

रुसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएको कांग्रेस सांसदको दाबी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले रुसि सेनामा नेपाली युवाको भर्तीसँगै नेपालीको मृत्यु समेत भएको दाबी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै उनले यसअघि पनि रुसी सेनामा भर्ती नेपाली युवाको बारेमा प्रश्न उठाउँदा आफ्नै पार्टीका परराष्ट्रमन्त्री एनपी साउदबाट ठोस जवाफ नदिएको भन्दै भयावह अवस्था आउनसक्नेबारे सरकारको धारणा के छ ? भन्दै प्रश्न गरे । 

उनले भने,'रसियन सेनामा नेपाली युवाको भर्तीले समस्या ल्याउन सक्ने भनेर यसअघि पनि मैले यहाँ उठाएको थिएँ । अहिलेसम्म हाम्रै दलको मन्त्रीले ठोस जवाफ दिनुभएन । फेरि दोहोर्याएर भन्न चाहान्छु नेपाली युवाले रसियन सेनामा भर्ती भएर मृत्युसमेत भइसकेको अवस्था छ । यो भयावह अवस्था आउन सक्नेबारे सरकारको धारणा के छ ?'

Skip This
Skip This
Logo