सरकारलाई सभामुखको ध्यानाकर्षणः इजरायलमा सम्पर्कविहीन खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्नुहोला

सरकारलाई सभामुखको ध्यानाकर्षणः इजरायलमा सम्पर्कविहीन खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्नुहोला

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले दक्षिण इजरायलको विद्रोही समूहको हिंसात्मक आक्रमणमा परि सम्पर्कविहीन खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बुधबार उनले एक शोक वक्तव्यमार्फत दक्षिण इजरायलको विद्रोही समूहको हिंसात्मक आक्रमणमा १० जना नेपालीको निधन भएकोमा दुःख प्रकट गर्दै उनले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोही बमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गरेका छन्। 
 

Logo