रवि लामिछानेकाे प्रश्नः अख्तियार लाग्ला कि भन्ने डर निमुखालाई मात्र किन ? ठूला माछा खोई ?

रवि लामिछानेकाे प्रश्नः अख्तियार लाग्ला कि भन्ने डर निमुखालाई मात्र किन ? ठूला माछा खोई ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘अख्तियार लाग्ला कि भन्ने डर’ सोझासाझा र निमुखालाई मात्र भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथि छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने ‘पाँच वर्षयता मुद्दा दर्ताको सङ्ख्या घटेको छ । न डर रह्यो न भर । डर सोझा साझा निमुखलाई मात्र भयो । राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि, प्रहरीले समाउला कि ? सरकार लाग्ला कि भन्ने डर छ । अरुलाई चाहिँ डर न भर भयो । अख्तिारको दाह्रा पनि रहेन, नंग्रा पनि भएन ।’

सभापति लामिछानेले अख्तियारले पछिल्लो समय सहसचिव र सचिवभन्दा माथिका कसैलाई पनि मुद्दा नचलाएको भन्दै ठूला माछा खोई भन्ने प्रश्न गरे ।

Logo