आफ्नो भविष्य अन्धकार देख्नेले एमालेको विरोध गरे -अध्यक्ष ओली

आफ्नो भविष्य अन्धकार देख्नेले एमालेको विरोध गरे -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देख्नेहरु एमालेको विरोध गरिरहेको तर्क गरेका छन् । 

पार्टी मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो भविश्य अन्धाकार देख्नेहरुले विरोध गर्दैमा एमालेलाई केही फरक नपर्ने बताएका हुन् । उनले एमालेको राम्रो काम देख्न नसक्नेहरुले विरोध गरेको तर्कसमेत गरे । 

‘एमाले काम गर्न नसकेर विरोध गरेको छैन ।एमालेको राम्रो काम देखेपछि अब आफ्नै भविष्य अन्धकार हुने देखेर विरोध गरिँदैछ ।’ अन्य दललाई उनले भने, ‘तपाईंहरु सच्चिनुस् । सच्चिएनौं भने भविष्य राम्रो हुने छैन । अन्धकारमा जाने नै छ ।’ 

अध्यक्ष ओलीले मधेशबाटै संगठन निर्माण गरेको र ५० वर्ष अगाडी आफूलाई हत्या गर्न खोजेको समेत दाबी गरे । ‘मलाई हत्या गर्ने जिम्मा जसलाई दिएको थियो, त्यो प्रहरीले नै मलाई साइड लगायो र बाँचिए’, उनले भने ‘घटनाको ५० वर्ष भयो, प्रधानमन्त्री पनि भइसकेको देखेर आफूलाई हत्या गर्ने योजना बनाएकाहरुलाई भतभत पोलिरहेको छ ।’ 

Logo