हरेक काम दिगो र विश्वसनीय हुनुपर्छः मन्त्री ज्वाला

हरेक काम दिगो र विश्वसनीय हुनुपर्छः मन्त्री ज्वाला

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कुनै पनि काम सुरु गर्दा पछिसम्म हुने दिगो हुनेगरी गर्नुपर्ने बताएका छन् । 

बिहीबार सवारी चालक अनुमतिपत्रको अनलाइन राजश्व भुक्तानीको सहितको अनलाइन सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले अनलाइन सेवालाई भरपर्दो र विश्वसनीय बनाउनु पर्ने बताए । 

उनले भने, ‘यो अनलाइन सेवालाई भरपर्दो र विश्वसनीय बनाउनु पर्ने छ । उद्घाटन गर्नु मात्र सबै कुरा होइन । भोलि सिस्टमलाई अपग्रेड गर्न सकेनौं भने, सेवा दिन सकेनौं भने हाम्रो काम प्रतिको विश्वास घट्दै जान्छ ।’

उनले यातायात व्यवस्था कार्यालय बागमती प्रदेशको एकान्त कुनाबाट सवारी चालक अनुमतिपत्र नवीकरण, वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवालाई दिगो बनाउनु पर्ने बताए । आगामी दिनमा यो सेवामा देखा परेका समस्यालाई सुल्झाउँदै भरपर्दो बनाउने उनको भनाई छ । 

Skip This
Skip This
Logo