राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेको विषयमा सरकारसँग जवाफ मागेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले भने ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू-भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारको कुनै स्वागत गरेको छ । न देशलाई जानकारी गराएको छ । यत्रो ठूलो भ्रमण । कुटी, गुन्जी चुच्चे नक्साभित्रै पर्छ । त्यसबारे सरकारले जानकारी गराउनुपर्यो ।’
मोदी हेलिकोप्टरबाट आज बिहान नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका थिए । मोदीले जोलिङ्काङमा पूजापाठ गरेका छन् भने कैलाश पर्वतको दर्शन गरेका छन् । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल पनि गरेका थिए ।





























प्रतिक्रिया