कोशी सरकारका बारेमा निर्णय लिन राप्रपाको पदाधिकारी बैठक जारी

कोशी सरकारका बारेमा निर्णय लिन राप्रपाको पदाधिकारी बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय पदाधिकारी बैठक सुरु भएको छ। कोशी सरकार गठनको बिषयलाई लिएर राप्रपा पदाधिकारीको आकस्मिक बैठक सुरु भएको हो। 

पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको हो। कोशी सरकार निमार्णका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली काँग्रेसका शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो दावी प्रस्तुत गरेका छन्। 

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने काँग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित काँग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन्। आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुई मध्ये एकजनालाई नियुक्त गर्दैछन्। 

Skip This
Skip This
Logo