विपद् व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छः गृहमन्त्री श्रेष्ठ

विपद् व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो प्राकृतिक प्रकोपको क्षतिलाई हेर्दा विपद् व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको महसुस हुने बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित पहिरो, भूकम्पको पूर्वसूचना न्यूनीकरणको आधार कार्यक्रममा उनले विपद् व्यवस्थापन विपद्, प्रकोप घटाउने कुरामा मात्र सीमित नभइ देश विकासको प्रमख जगको रुपमा रहेको बताएका हुन्। 

हरेक वर्ष बाढी पहिरोबाट हुने गरेको क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रस्ट्याइरहेको छ’उनले भने। ठूलो लगानी रहेका पूर्वाधारका योजनाहरूलाई सुरक्षित बनाउन आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ थियो। उनले नेपाल सरकार यो तथ्यलाई महसुस गर्दै आवश्यक नीति बनाउन सधैं तत्पर रहेको बताए।

Logo