नेपाल एयरलाइन्सको टिकट कालोबजारीमा बिक्री भइरहेको छः सांसद खतिवडा

नेपाल एयरलाइन्सको टिकट कालोबजारीमा बिक्री भइरहेको छः सांसद खतिवडा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल एयरलाइन्सका टिकटहरु कालोबजारीमा बिक्री भइरहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । नेपाल एयरलाइन्स अहिले पनि ४८ अर्बभन्दा बढी घाटामा रहेकोमा सरकारले ध्यान दिई नेपाल एयरलाइन्सलाई सरकारको एयरलाइन्स बनाउन माग गरे । 

उनले भने, ‘नेपाल एयरलाइन्सका टिकटहरु मङ्गो छन् । कालोबजारीमा बिक्री भइरहेका छन् । एयरलाइन्स अहिले पनि ४८ अर्बभन्दा बढी घाटामा छ । यसबारे सरकारको ध्यान जाओस् । नेपालको एयरलाइन्सलाई सरकारको एयरलाइन्स बनाउनुपर्यो ।’

बजारमा महङ्गी र कालोबजारी बढेको भन्दै यसको नियन्त्रणमा सरकारलाई अगाडि बढ्न उनले आग्रह गरे । 

Skip This
Skip This
Logo