कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङले घोषणा गरेका छन् ।
नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेका हुन् । बिहीबार कांग्रेसका८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो भने सनाखतमा गएनन् । सरकार गठन गर्न बहुमत पुर्याउन आफ्नो दाबी नपुग्ने भन्दै आफूहरु सनाखतमा नएको उनले बताएका छन् ।





























प्रतिक्रिया