महिलालाई सम्मान गर्न सके मात्रै कांग्रेसको भलो हुन्छः शशांक कोइराला

महिलालाई सम्मान गर्न सके मात्रै कांग्रेसको भलो हुन्छः शशांक कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका नेता शशांक कोइरालाले महिलाहरुको सम्मान गर्ने हो भने मात्रै नेपाली काङ्ग्रेसको भलो हुने बताएका छन् ।  

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा स्मारिका विमोचन कार्यक्रममा नेता कोइरालाले हामीले महिलाहरुलाई सधैँ ब्याक बेन्चमा राखेको भन्दै महिलाहरुलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताएका हुन् । 

उनले भने, ‘हामीले महिलाहरुलाई सधैँ ब्याक बेन्चमा राखेका छौं, त्यसैले पनि काङ्ग्रेस तल परेको छ । महिलालाई अगाडि सार्ने, महिलालाई नै अगाडि बढाउनु पर्छ । हामीले महिलाहरुलाई अगाडि राख्नु पर्छ । आजको मितिमा पनि म भन्छु महिलाहरुलाई प्राथमिकता दिनै पर्छ ।’

नेता कोइरालाले प्रतिशतको कुरा गरे महिलाहरुको अपमान गर्ने गरेको भन्दै प्रतिशत होईन अवसर दिनुपर्ने बताए ।

Skip This
Skip This
Logo