कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनियताको शपथ

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनियताको शपथ

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार दिउँसो एक विशेष समारोहका बीच प्रदेश प्रमुख परशुराम खापुङबाट कार्कीले शपथ ग्रहण गरेका हुन्।

कांग्रेसबाट विद्रोह गरेका कार्कीकाे समर्थनमा एमालेका ३९ सांसदसहित आफ्ना पक्षका ८ सांसदले परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि उनलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । आज उनले पद तथा गोपनीयताको शपथ लिँदैछन् भने एमालेलाई पनि समेटेर मन्त्रिपपरिषद् पनि गठन गर्ने तयारी गरेका छन् । 

Logo