राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीको सुनसरी जिल्ला कार्य समितिद्वारा आज आयोजित विरोध सभालाई सम्बोधन गर्न इनरुवा जाने भएका छन्।
राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधार भूमी निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
२०६२-६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र,सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ।
सभामा सहभागी हुन अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल,महामन्त्री राजाराम बर्तौला,सह-महामन्त्री तेजकुमार कुरुङ्वाङलगायत नेताहरु सुनसरी जाने पार्टीले जनाएको छ।





























प्रतिक्रिया