चुनौतीका बीच पनि नेपाल प्रहरीले विश्वस्तरमा ख्याति प्राप्त गरेकाे छः प्रधानमन्त्री प्रचण्ड

चुनौतीका बीच पनि नेपाल प्रहरीले विश्वस्तरमा ख्याति प्राप्त गरेकाे छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिक र सरकारको  हरेक समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर समस्याको सम्बोधन र समाधान गरेको बताएका छन् ।

मंगलबार ६८औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याति प्राप्त गरेको बताएका हुन् । उनले भने, ‘सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याति प्राप्त गरेको छ, यो हाम्रा लागि महत्वपूर्ण पुँजी हो ।’

समाजमा बदलिँदो आपराधिक परिवेश, विश्वव्यापीकरणसँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनता सबै पक्षलाई मध्यनजर गरी नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोहीअनुकूल विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व लागेको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले बदलिएको परिस्थितिअनुरूप आफूलाई रूपान्तरित र परिमार्जन गरेर मात्र हरेक संस्था, नेतृत्व र व्यक्तिले आफ्नो नेतृत्व क्षमता राम्रोसँग प्रमाणित गर्न सक्छ भन्ने एउटा जीवन्त उदाहरण नेपाल प्रहरी रहेको बताए । 

Skip This
Skip This
Logo