काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र सम्बन्धी विधेयक विवेकहीन भएको आरोप लगाएको छ । बिहिबार राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीले संयुक्त्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो आरोप लगाएका हुन् ।
देश ठूलो आर्थिक संकट र बेरोजगारीको भूमरीमा परेको अवस्थामा नीजि क्षेत्रको मनोवल बढाउनुपर्नेमा सरकारले नीजि क्षेत्रमा त्रासको वातावरण सृजना गरेको राप्रपाको भनाइ छ । राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले नीजि क्षेत्र माथि कारवाही गर्न पाउने प्रावधान प्रस्ताव गरिएको छ । देशको अर्थव्यवस्था माथि आएको यस संकटको घडिमा नीजि क्षेत्र माथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ ।’
त्यस्तै यस वर्ष देशमा पर्याप्त कृषि उत्पादन हुने सम्भावना भएपनि सरकारले मलखादको व्यवस्थापन गर्न नसकेको राप्रपाको आरोप छ । संकटको समयमा उत्पादन बढाउन अबिलम्ब किसानहरुलाई मलखादको व्यवस्था गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ ।
पूरा विज्ञप्तिः
































प्रतिक्रिया