काँग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ।
महोत्तरी क्षेत्र न.१ काँग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको बिधानसम्मत नभएको भन्दै विज्ञप्ति जारी गरे पछि निराशा छाएको हो।
यसअघि केन्द्रिय अनुसासन समितिले कारवाही गरेका सवैजनालाई पुर्ववत पदमा नै रहने गरी फुकुवा गरेको थियो। कारवाही फुकुवापछि पूर्ववत पदको जिम्मेवारी समाल्ने खुसीमा आसन्न चाडपर्वको शुभकामना कार्यक्रम ३ असोजमा राखेतापनी क्षेत्र न.१ काँगेसले उक्त कार्यक्रममा सहभागी नहुन निर्देशन दिएकाे थियाे पूर्व नगर सभापति रहेका युवराज पोखरेलले पाटीको नाममा काटेको पत्र पूर्णरुपमा अवैधानिक रहेको बताउँदै क्षेत्रीय सभापति महेश झाले भ्रमपूर्ण पत्रको पछाडि नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन गरेका हुन्।
केन्द्रिय कार्यसमितिको निर्णय अनुसार निर्वाचित जनप्रतिनिधि बाहेक ९ जनाको मात्र कारबाही फुकुवा गरेको र युवराज पोखरेलको बिषयमा कारवाही फुकुवा समेत नगरेको महोत्तरी काँग्रेसको दावी छ।
पाटीको बदनाम हुनेगरी कुनै वैधानिकता नभएका पोखरेलले काटेको चिठी भ्रमपुर्ण रहेको भन्दै सभापति झाले उक्त कार्यक्रम पाटीको आधिकारिक नभएको जिकिर गरेका थिए।
तर कारवाही फुकुवापछि पूर्ववत पद सभापतिको रुपमा नै रहेका युवराज पोखरेलले भने केन्द्रिय अनुशासन समितिको निर्णय सर्वमान्य भएको बताए। पाटीको विधानअनुसार नै कारवाही फुकुवा भएतापनी क्षेत्रीय सभापति महेश झाले नगर कार्यसमिति माथी हस्तक्षेप मात्र गर्न खोजेको सभापति पोखरेलको भनाई छ।
































प्रतिक्रिया