‘सम्पूर्ण बैंक तथा वित्तीय संथालाई सरकारी स्वामित्वमा ल्याउन आवश्यक’ -सांसद सुवाल

‘सम्पूर्ण बैंक तथा वित्तीय संथालाई सरकारी स्वामित्वमा ल्याउन आवश्यक’ -सांसद सुवाल

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, बैंक तथा वित्तीय संथालाई पूर्णरुपले सरकारी स्वामित्वमा ल्याएर बैंकिङ कसुर नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संसोधन गर्न बनेको विधेयकमा विरोधको सूचना पेस गर्दै उनले, पूर्णरुपले सरकारी स्वामित्वमा ल्याएर बैंकिङ कसुर नियन्त्रण गर्न आवश्क रहेको बताएका हुन् । 

उनले भने,‘बैंक तथा वित्तीय संथालाई पूर्णरुपले सरकारी स्वामित्वमा ल्याएर बैंकिङ कसुर नियन्त्रण गर्नु जरुरी छ । विदेशी लगानि भएको बैंकिङ र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनुहुँदैन्। नेपालीको लगानि हुनुपर्छ । विदेशीको लगानिले नाफा जति विदेश लाने र नेपालीहरु गरिब हुने प्रधानमन्त्रीलाई अनुभव भएकै कुरा हो नि त्यसकारण यस कुरालाई ध्यान दिनुपर्छ ।’

सांसद सुवालले नेपालीको सम्पतिको सिमाङकनका लागि विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको भन्दै ‘नेपालीको सम्पतिको सिमाङकन गर्न विदेशमा सम्पति राख्न नपाउँने व्यवस्था गर्न जरुरी छ । किन भने अहिले पनि नेपालीहरुको विदेशमा सम्पति भएको बाहिर आएको छ ।’  भने । 

Skip This
Skip This
Logo