नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले, संघीय लोकतान्तित्र गणतन्त्र स्थापनाको नायक आफ्नो पार्टी भएको जिकिर गरेका छन्।
एमाले काठमाडौँ महानगर कमिटीले, काठमाडौँमा नेपाल संम्वत् ११४४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाको नायक एमाले भएको जिकिर गरेका हुन्।
उनले भने,‘नेपाल संम्वत् ११४४, नव वर्षको भिन्तुना भनेर मात्रै हामी यहाँ जम्मा भएका छैनाैँ। निरङ्कुश राजासहितको निर दलीय तानाशाही पञ्चायत व्यवस्था फ्याक्ने आन्दोलनमा यो अभियानको प्रमुख भूमिका छ। त्यस्तै आज मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र यहाँसम्म ल्याउने क्रममा यो एउटा आन्दोलन हो। यो आन्दोलनको नायक नेकपा एमाले हो। हामीले गर्वसँग भन्नुपर्छ।’
नेकपा एमालेले नै नेपाल संम्वत् मनाउने औपचारिक कार्यक्रम थालनी गरेको उनको भनाई छ। ‘नेकपा एमाले नै यस्तो पार्टी हो, जसले बसन्तपुरमा हुने कार्यक्रममा १११९ देखि नेकपा एमालेको ब्यानरबाट सहभागि भएर आजसम्म यसलाई निरन्तरता दिइरहेको छ कुनै अरु पार्टीको ब्यानर त्यहाँ आउने आँट गर्दैन। नेकपा एमाले दृढताका साथ यसलाई अगाडि बढाउँछ यसको पछाडि महत्वपूर्ण भूमिका छ। यो एउटा आन्दोलन हो।’
राष्ट्रको सुख दुख एमालेको सुख दुखसंग जोडिएको उनको तर्क छ। ‘एमालेको लागि शुभ हुँदा सिंगो देशको लागि शुभ हुन्छ र एमालेलाई दुख हुँदा सिंगो नेपाललाई दुख हुन्छ। ११४३ सिंगो नेपाली जनता, राष्ट्र र लोकतन्त्रको लागि दुखत रहेको छ। अब ११४४ मुलुकको लागि एउटा सफल वर्ष सुख वर्ष रहोस् भन्ने कामना गर्न चहान्छु। ’































प्रतिक्रिया