अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। वासिङ्टनमा भएको भेटमा दुवैले नेपाल–अमेरिकाबीच साझेदारीको सुदृढीकरणमा जोड दिएका छन्।
भेटमा नेपालमा लगानी विस्तार, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२ करोड ५० लाख अमेरिकी डलरको नयाँ ऋण दिनेलगायत विषयमा छलफल भएको छ।
भेटमा ४५० करोडको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको छ। पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रतिबद्धता जनाएका छन्।





























प्रतिक्रिया