आज पाँच संसदीय समितिको बैठक बस्दै

आज पाँच संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज संघीय संसदका पाँच समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाका तीन, राष्ट्रियसभाको एक र संयुक्त समितिको एक गरी पाँच समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ । आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न लागेको छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

यस्तै, प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,महिला तथा सामाजिक मामिला समिति र संसदीय सुनुवाइ समितिको पनि बैठक आजै बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४ औं बैठक बिहान ११ः३० बजेबोलाईएको छ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी बिषयका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक आज पनि बस्दै छ । ११ बजे बस्ने बैठकले विभिन्न स्थानका बाल सुधार गृहहरुको अनुगमन सम्बन्धमासमितिले गरेको अध्ययन र मंगलबारको छलफललाई निरन्तरता दिने बताइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेका लागि बोलाईएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकले निर्वाचन आयोगका कामकारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको हो ।
 

Skip This
Skip This
Logo