प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलहरुलाई एकैठाउँमा ल्याउन पहल गरिरहेको बताएका छन् ।
बुधबार एमालेले पार्टी मुख्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको भन्दै यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले पार्टीहरूबीच समझदारी बनाउन राम्रो वातावरण बनेको बताएका हुन् ।
उनले भने, ‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु । आज बिहानको बैठक पनि त्यही पहल हो । त्यो सकारात्मक भएको छ । अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।’
प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता सकारात्मक भएको भन्दै शान्ति प्रक्रिया चाँडै टुंगिने बताए ।





























प्रतिक्रिया