श्रेणी घटुवाबाट जोगियो राष्ट्रिय मानवअधिकार आयोग, ‘क’ श्रेणीमै कायम

श्रेणी घटुवाबाट जोगियो राष्ट्रिय मानवअधिकार आयोग, ‘क’ श्रेणीमै कायम


नेपालको राष्ट्रिय मानव अधिकार आयोग 'क' श्रेणीमा कायम रहेको छ । 

मानव अधिकार आयोगको अन्तर्राष्ट्रिय संस्था ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगको श्रेणी ‘क’ कायम भएको जानकारी गराएको हो । आयोगका पदाधिकारीहरुको नियुक्ति विवादास्पद भएको भन्दै आयोगलाई बी श्रेणीमा राख्न गानरीमा  सिफारिस गरिएको थियो तर, गानरीले बुधबार आयोगलाई इमेल गरेर यसअघि कै ‘क’ श्रेणी कायम भएको र बधाई दिएको हो । 

दक्षिण एसियामा भारतबाहेक नेपालमात्रै ‘क’ श्रेणीको मानव अधिकार आयोग हो । आयोग स्थापनाको २३ वर्षदेखि नै ‘क’ श्रेणीमै कायम छ ।

Logo