प्राइभेट कम्पनीको पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हुँः बालेन शाह

प्राइभेट कम्पनीको पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हुँः बालेन शाह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीजि कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन्  । 

मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडेपछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्बजनिक गरेका हुन् ।  ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनिबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन्’ उनले आफनो प्रस्टीकरण दिदै सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले निजी कम्पनीले प्रायोजन गरेको कार्यक्रम प्रति आक्रोश पनि ब्यक्त गरेका छन् । ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर बिक्रीमा छैन ।’ उनले अझ अगाडी लेखेका छन, ‘तपाईंहरुले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’

Skip This
Skip This
Logo