विश्लेषक अरुण सुवेदी भन्छन् –नेपालले जलवायु परिवर्तनको बिषय राष्ट्रसंघका महासचिव समक्ष प्रष्टसँग राख्न सकेन

विश्लेषक अरुण सुवेदी भन्छन् –नेपालले जलवायु परिवर्तनको बिषय राष्ट्रसंघका महासचिव समक्ष प्रष्टसँग राख्न सकेन


नेपालले जलवायु परिवर्तनका महत्वपूर्ण बिषय राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससमक्ष प्रष्टसँग उठाउन नसकेको विश्लेषक अरुण सुवेदीले टिप्पणी गरेका छन्। ‘नेपाल महत्वपूर्ण अवसरमा चुकेकै हो’ सुवेदीले भने, ‘नेपालले मगन्ते पारा मात्रै प्रस्तुत गर्यो तर नेपालको अर्थ राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने जलवायु परिवर्तनको महत्वपूर्ण पाटो नदी व्यवस्थापनलगायतका विषय उठाउन चुकेको छ।’

‘गंगा उपत्यकाको सभ्यताको संरक्षण त छदैँ नै छ, साथसाथै नेपाल समृद्धिको पनि दर्विलो आधार हो । नेपालको तर्फबाट यो दृष्टिकोण नपुग्नु चैं ठूलो न्यूनता मैले मानेको छु, उनले भने, ‘हाम्रो आर्थिक र पर्यावरणीय दुईवटै हिसावले हामीले यो कुरा राख्नु पथ्र्यो गुटरेसको अगाडि । हामीलाई सहयोग देउ भनेर कमण्डलुका कुरा मात्रै गर्यौँ हामीहरुले, अरुको कुरा गरेनौं ।’

अर्थराजनीति, कुटनीति र बिकास बिषयमा दख्खल राख्ने विश्लेषक सुवेदीले नदी व्यवस्थापनको कुरा तल्लो तटियक्षेत्रका राष्ट्रहरुको समेत परियोजना हुन सक्ने कुरालाई सरकारले नबुझेको पनि बताए। उनले नेपालको जलश्रोत व्यवस्थापनको विषयलाई वातावरण विरोधी गतिविधीको रुपमा चित्रण गर्न खोजिएको तर्क गरे । 
 

Logo