संसद् अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय

संसद् अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले संसद्को अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मध्यरातिदेखि चालु अधिवेशन अन्त्य गर्ने निर्णय हो ।

बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए । ज्वालाले भने, ‘आजको क्याविनेटले चालु संसद अधिवेसन मध्यराती १२ बजेदेखि अन्त्य गर्ने निणर्य गरेको छ । साथै सचिवहरुको वडुवा सन्दर्भमा सहसचिव राधिका अर्याललाई प्रसाशन सचिवमा बडुवा गर्ने र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निणर्य गरेको छ ।’
 

Skip This
Skip This
Logo