मुक्त कमैयालाई आवासको व्यवस्था गर्न सांसद श्रेष्ठद्वारा सरकारको ध्यानाकर्षण

मुक्त कमैयालाई आवासको व्यवस्था गर्न सांसद श्रेष्ठद्वारा सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले कमैया प्रथा अन्त्य भइसक्दा पनि मुक्त कमैयाहरुको लागि आवासको उचित व्यवस्था हुन नसकेको बताएकी छिन्। 

बिहीवारको प्रतिनिधि सभामा उनले मुक्त कमैयाहरुको लागि आवासको व्यवस्था गर्ने कर्तव्यबाट सरकार विमुख भएको बताइन् । सरकार आवासको हकको लागि लालपूर्जा नै बाँड्नुपर्छ भन्ने भाष्यबाट माथि उठ्नुपर्ने उनको भनाई छ। 

‘कमैया प्रथा अन्त्य भएको धेरै समय भईसक्दा पनि मुक्त कमैयाहरुको लागि आवासको उचित व्यवस्था हुन सकेको छैन । आवासको हकको लागि लालपूर्जा नै बाड्नुपर्छ भन्ने लोक रिजाईको भाष्यबाट माथि उठ्ने हो भने मुक्त कमैयाहरुको लागि गनुपर्ने काम कर्तव्य यो सरकारले निभाएको छैन् । त्यसको लागि म जोडदार माग गर्दछु ।’ उनले भनिन् । 

यस्तै, सांसद श्रेष्ठले टिकापुर र लम्किचुहाँका मुक्त कमैयाहरुले चुनावमा लालपूर्जा दिलाई दिन्छु भनेर जितेका तीनै तहका सरकारका जनप्रतिनिधिहरुलाई चुनावको समयमा बोलेको र बोकेको एजेण्डा पूरा गर्न पनि आग्रह गरेकी छिन् ।

Skip This
Skip This
Logo