शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्गिन्छः उपमहासचिव पुन

शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्गिन्छः उपमहासचिव पुन

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्गिने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपमहासचिव पुनले संक्रमणकालीन न्यायसम्बन्धी काममा अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भइसकेको भन्दै चाँडै शान्ति प्रक्रिया टुङ्गो लाग्ने बताएका हुन् । उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम सङक्रमणकालीन न्याय सम्बन्धी काममा हामी अगाडि बढेका छौं । त्यसमा अन्तर्राष्ट्रिय  समर्थन रहने उद्घोष भएको छ । बचनबद्धता भएको छ । त्यसमा सबै पक्ष एक ठाउँमा आउँदै गरेका छौं । यो खुसीको कुरा हो ।’

उपमहासचिव पुनले सामाजिक सञ्जालमा ट्रेन्डिङमा आउने र प्रचार हुने कुरा मात्र बोल्ने प्रवृत्ति बढेकाले इतिहासलाई बिर्सिदिने जस्ता गतिविधि बढ्दै गएको टिप्पणी गरे । उनले भने, ‘आफ्नो सरकारले त्यही गर्छ तर त्यही कुरा अर्को सरकारले गर्दा किन फरक दृष्टिकोण हुन्छ रु संस्थागत दृष्टिकोण बनाउने हाम्रो संस्कृति बनेन । बजारमा के बिक्छ । सामाजिक सञ्जालमा ट्रेन्डिङमा आउन के प्रचार हुन्छ, त्यस्ता कुरा बोल्ने, इतिहासलाई बिर्सिदिने भइरहेको छ ।’
 

Skip This
Skip This
Logo