बालकोटकाे कौसीमा हात हल्लाउँदा ठिक, बुढानिलकण्ठ पुग्दा विरोध गर्ने ? -चित्रबहादुर केसी

बालकोटकाे कौसीमा हात हल्लाउँदा ठिक, बुढानिलकण्ठ पुग्दा विरोध गर्ने ? -चित्रबहादुर केसी


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा पुग्दा राम्रो देख्ने सत्ता बाहिर बस्दा सात्तो पुत्लो जाने प्रवृतिप्रति तिखो व्यङ्ग्य गरेका छन् । 

प्रतिनिधिसभाको बिहीवारको बैठकमा उनले अहिलेका शीर्ष दलहरुकै कारण प्राप्त उपलब्धीप्रति खतरा पैदा हुने चिन्ता व्यक्त गरे । ‘गणतन्त्र र लोकतन्त्रप्रति कोहीबाट खतरा छ भने हामीबाटै छ ।’ उनले भने ‘सत्तामा भएकाहरुले सबै राम्रो देख्ने । प्रतिपक्षमा पुग्ने वित्तिकै त्यसको सातो पुत्लो उड्छ । ल भन्नुस् त्यस्तो पनि हुन्छ ?’

उनले थपे, ‘प्रचण्डजी बालकोट जाने वित्तिक्कै त्यत्रो विवाद हुँदाखेरी दुईजना चै कौसीमा बसेर हात हल्लाको हैन् । फेरी उहाँ फर्केर यता चै बुढा निलकण्ठ तिर आएपछि, धुनधान विरोध त्यस्तो पनि हुन्छ ?’

त्यस्तै उनले नेपालमा संघीयता जरुरी नरहेको दोहो¥याएका उनले भने ‘अब सल्लाह गरौँ । संघीय प्रणालीप्रति मेरो विरोध होइन् । नेपालमा हुन्न भन्या हो नी । २२ करोड जनसंख्या भएको ठाउँमा एउटै मन्त्रिमण्डल । २ करोड ९० लाख जनसंख्या भएको ठाउँमा चाँहि तपाईको १ सय ३८ जना मन्त्रीहरु अनि सक्नु हुन्छ तपाईहरु पैसाले ? 

उनले राजनीतिलाई पैसा कमाउने भाँडो बनाएको भन्दै चर्को असन्तुष्टि पोखे । ‘जो भान्से छ उसैले चप्काउँछ बजेट हेर्नुस् । राजनीति गर्ने भनेको पैसा कमाउन हो ? आफ्नालाई बनाउन हो ? आफू बन्न हो ? ’
 

Logo