प्यालेस्टाइनी अतिवादी समुह हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउन कुटनीतिक पहलकदमी नपुगेको भन्दै सरकारको सर्वत्र आलोचना भइरहेको छ।
यसै सन्दर्भमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले परिवन्दले हमासकाे कब्जामा रहेका जोशीलाई छुटाउनका लागि थप पहलकदमी गर्नुपर्नेमा जोड गरेका छन्।
‘ईजरायली सरकारका अनुसार नेपाली विद्यार्थी विपिन जोशी हमासको कब्जामा छन्, हमाससँग नेपालको दुस्मनी छैन, विपिन परिबन्दले कब्जामा परेका हुन्,’ थापाले भनेका छन्, ‘नेपाल सरकारले मध्यपूर्वका हमाससँग राम्रो सम्बन्ध भएका देशहरुमार्फत कुटनीतिक प्रयास गरे विपिन छुटाउन सकिन्छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्दछु।’ उनले सरकारको क्षमतामाथी प्रश्न गर्दै अगाडी भनेका छन्,‘यस्तो बेला हो, कुटनीतिक कौशल देखाउने।’





























प्रतिक्रिया