परराष्ट्रमन्त्री साउद आइतबार स्वदेश फर्किने

परराष्ट्रमन्त्री साउद आइतबार स्वदेश फर्किने

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद १९ गते आइतबार स्वदेश फर्किने भएका छन्।

अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनको निमन्त्रणामा मन्त्री साउद वासिङटन गएका थिए। संयुक्त राष्ट्र संघका महासचिव एन्टोेनियो गुटेरेसलाई काठमाडौंमा स्वागत गरेपछि मन्त्री साउद अमेरिका उडेका थिए।

यसैबिच उनले अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग उनले भेटवार्ता गरिसकेका छन्।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तरक्रियामा परराष्ट्रमन्त्रीले सहभागिता जनाईसकेको मन्त्री साउदका सहयोगी केशव साउदले जानकारी दिएका छन्।

साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष सहभागी थिए ।

Logo